ट्रेण्डिङ

होमपेज / राजनीति

आज पनि एमाले कार्यदल बैठक बस्दै

नेपालगाथा २०७८ असार २६ गते शनिबार ०९:११:३१ मा प्रकाशित

काठमाडौं । नेताहरूले नेकपा एमालेको कार्यदल बैठक पार्टी एकतालाई जोगाउन सहमतिको पुगेको बताएका छन् ।

सिंहदरबारमा शुक्रबार कार्यदल बैठकले  एकताका लागि सहमतिको मस्यौदा तयार गरेको हो ।‘हामीले सहमतिको मस्यौदा तयार गरिसकेका छौँ । त्यसमा केही भाषागत विषय मिलाउन बाँकी छ, भोलि अपराह्न बैठक बसेर हामी एकताको प्रक्रियालाई टुंगोमा पुर्‍याउछौँ,’ कार्यदलका सदस्य प्रदीप कुमार ज्ञवालीले भने ।

त्यस्तै माधवकुमार नेपाल पक्षका नेता गोकर्ण विष्टले पनि केही विषयमा सहमतिनजिक पुगिएको जानकारी दिए।नेकपा एमालेभित्रको विवाद मिलाउन कार्यदलका सदस्यहरू विगत १० दिनयता निरन्तर छलफलमा छन्।

त्यस्तै कार्यदलका सदस्य गोकर्ण विष्टले केही विषय टुङ्गन बाँकी रहेको र भोलि बस्ने बैठकबाट टुंगिने जानकारी दिए । “समयको अभावले एकाध विषय बाँकी रहेको छ । अरू सबै सन्दर्भमा हामी सहमतिमा पुगेका छौँ,” बैठकपछि विष्टले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top