ट्रेण्डिङ

होमपेज / राजनीति

पाँचै एआइजीको सरूवा,राजनीतिक दबाबमा सात महिनामै फेरिए मेट्रो प्रमुख पाल

नेपालगाथा २०७८ असार २६ गते शनिबार ०६:५०:४४ मा प्रकाशित

काठमाडौँ। सरकारले पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को सरूवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा गृह मन्त्रालयले यससम्बन्धी प्रस्ताव लगेको थियो। 

नेपाल प्रहरीको प्रशासन तर्फ भर्खरै प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) बाट प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजीपी) मा बढुवा भएका सहकुलबहादुर थापाको मानवश्रोत तथा प्रशासन विभागमा पदस्थापन भएको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) प्रमुख एआईजी हरिबहादुर पाललाई सात महिनामै जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयको कार्यविभागमा सरुवा गरिएको छ । 

मानवश्रोत तथा प्रशासन विभागमा कार्यरत निरज बहादुर शाहीको कार्य अपराध अनुसन्धान विभागमा सरुवा भएको छ ।तालिम केन्द्रका एआईजी प्रद्युन्न कार्कीलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीको जिम्मेवरी दिइएको छ । विश्वराज पोखरेललाई डीआईजीपीबाट एआईजीपीमा बढुवा गरेर कार्य तथा अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएपछि ७ महिना अघि पाललाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top