ट्रेण्डिङ

होमपेज / राजनीति

कार्यदलको वैठक चल्दा–चल्दै बाहिरिए शंकर पोखरेल, भन्छन्, ‘प्रयास जारी छ’

नेपालगाथा २०७८ असार २५ गते शुक्रबार १७:५५:१५ मा प्रकाशित

काठमाडौं। नेकपा एमालेको एकता जोगाउन अहिले सिंहदरबारमा कार्यदलको वैठक चलिरहेको छ । आज मध्यान्ह् १२ बजेदेखि जारी बैठकमा सहमतिको प्रयास भइरहेको कार्यदलका सदस्य शंकर पोखरेलले जानकारी दिएका छन् । बैठक चल्दा चल्दै बाहिरिएका पोखरेलले सञ्चारकर्मीलाई संक्षिप्त जवाफ दिँदै आफूहरू सहमतिका लागि अधिकतम प्रयास गरिरहेको बताएका छन् ।

‘हामी अधिकतम प्रयास गरिरहेका छौं । सम्भवतः आजै टुङ्याउँछौं’, उनले भने । कार्यदलका सदस्यहरूले आफ्नो तर्फबाट ‘एजेण्डा’ मा लगभग सहमति जुटिसकेको र त्यसलाई ‘फाइनलाइज’ गर्न मात्र बाँकी रहेको बताउँदै आएका छन् । बुधबार राति एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीच भेटवार्ता भएको थियो । तर ‘पावर सेयरिङ’ मा सहमति हुन नसकेपछि वार्ता निष्कर्षविहीन बनेको थियो ।

कार्यदलका सदस्यहरूले छलफलहरू सकारात्मक रहेको बताइरहेका छन् । तर, बिहीबार कार्यदलका अर्का सदस्य घनश्याम भुसालले भने १० दिनदेखि खासै प्रगति हुन नसकेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top