होमपेज / राजनीति
काठमाडौं । कालीगण्डकी डाइभर्सन परियोजनासम्बन्धी निर्णय र योजनाको कागजातसहित सर्वोच्च अदालतले सरकारलाई उपस्थित हुन आदेश दिएको छ। साउन ४ गते परियोजनासम्बन्धी निर्णय र स्थलगत योजनासम्बन्धी कागजातसहित अदालतमा उपस्थित हुनका लागि न्यायाधीश तेजबहादुर केसीको इजलासले आदेश दिएको हो।
सरकारले कालीगण्डकी डाइभर्सन आयोजना अघि बढाएपछि अधिवक्ता तुलसीराम पोखरेल समेतले सर्वोच्चमा रिट दिएका थिए। अन्तरिम आदेश हुने नुहुने सम्बन्धमा विषयवस्तुको प्रकृति र गम्भीरतालाई विचार गर्दा दुवै पक्ष राखी छलफल गर्न साउन ४ गतेका लागि बोलाएको छ।
हेर्नुहोस् आदेश

