होमपेज / राजनीति
काठमाडौं । आफूमाथि जातीय भेदभावविरुद्ध सञ्चारकर्मी रूपा सुनारले दायर गरेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई अदालतमा छलफलको लागि बोलाएको छ ।
जातीय विभेदको आरोपमा पक्राउ परेकी सरस्वती प्रधानलाई छुटाउन पुगेका मन्त्री श्रेष्ठविरुद्ध पीडित रूपा सुनुवारले रिट दर्ता गरेपछि उनलाई उपस्थित हुन भनिएको हो ।बुधबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले शिक्षामन्त्री श्रेष्ठलाई २९ असारमा उपस्थित हुन भनेको हो ।
दलित भएका कारण काठमाडौं बबरमहलकी सरस्वती प्रधानले डेरा भाडामा नदिएपछि उनले कानूनी कारवाहीको माग गर्दै जिल्ला प्रशासन र प्रहरीमा जाहेरी दिएपछि प्रधानलाई प्रहरीले हिरासतमा लिएको थियो ।उनलाई हाजिरी जमानीमा छाडिएपछि शिक्षामन्त्री श्रेष्ठले आफ्नो गाडीमा राखेर घर पुर्याएका थिए ।