ट्रेण्डिङ

होमपेज / राजनीति

जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न पाँच सदस्यीय इजलास गठन

नेपालगाथा २०७८ असार २३ गते बुधबार १६:३२:३९ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न पाँच सदस्यीय इजलास गठन गरेको छ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार जसका दुबै पक्षले आफूहरु नै आधिकारि भएको दाबी गर्दै मिलेर बस्न नसक्ने भनेपछि आयोगले सुनुवाइ प्रक्रिया सुरु गर्न इजलास नै गठन गरेको हो ।

इजलासले साउन ३ गते आइतबारदेखि सुनुवाइ गर्नेछ । साथै पक्ष विपक्षी दुवै तर्फकाले कानून व्यवसायी पनि राख्न पाउने श्रेष्ठले जानकारी दिए ।  जसपका दुवै पक्षले आफूहरु नै आधिकार रहेको दावी गरेपछि आयोगले सहमतिका लागि हिजो दुवै पक्षलाई बोलाएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top