होमपेज / राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को दर्ता खारेजीको माग गर्दै एमालेमा लागेका पूर्वमाओवादी नेताहरू निर्वाचन आयोगमा पुगेका छन् ।
एमाले र माओवादी केन्द्र अलग भएसँगै रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, मणिचन्द्र थापा, दाबा लामालगायत एमाले प्रवेश गरेका थिए ।लामो समय अधिवेशन नगरेको भन्दै माओवादी केन्द्र अवैधानिक रहेको दावीसहित रामबहादुर थापा ‘बादल’ समूहका लीलाबहादुर थापा, दिनेश पन्थी, रामचन्द्र मण्डल, गिरिधरी न्यौपानेलगायतका नेता आयोग पुगेका हुन् ।