ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्डले भने-अदालतले संसद पुनर्स्थापना गर्छ भन्नेमा हामी विश्वस्त छौँ

नेपालगाथा २०७८ असार २२ गते मंगलबार १५:२०:२२ मा प्रकाशित

धनुषा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद (प्रतिनिधिसभा) पुनर्स्थापना हुनेमा  आफू विश्वस्त रहेकाे बताएका छन् । उनले संविधानको मर्म र भावनाअनुसार संसद् पुनःस्थापना हुुने बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली थप निरंकुशतातर्फ अग्रसर भएको आरोपसमेत उनले लगाए ।उनले भने– ‘पहिलोपटक पनि संसद विघटन हुँदा सर्वोच्च अदालतले पुनःस्थापना गराएकोले अदालतप्रति विश्वास थियो, यस पटक पनि अदालतले संसद पुनर्स्थापना गर्छ भन्नेमा हामी विश्वस्त छौँ ।’

मंगलबार माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधनपछि श्रद्धाञ्जली अपर्ण गर्न जनकपुरधाम आएका प्रचण्डले सर्वोच्च अदालतले संसद् पुनःस्थापना मात्र नभई १४६ सांसदको हस्ताक्षरको आधारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गर्ने बताए ।

उनले संविधानको मर्म र भावना अनुसार, लोकतान्त्रिक मूल्य मान्यता अनुसार संसद पुनस्थापनाको कुनै विकल्प नरहेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top