होमपेज / राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुटाउने सहमति भएको छ ।
जनता समाजवादी पार्टी (जसपा)का नेताहरु निर्वाचन आयोगबाट फर्किएका छन् । आन्तरिक मेलमिलापका लागि आयोगले बोलाएपछि कान्तिपथस्थित कार्यालय पुगेका उनीहरु मेलमिलापबिनै फर्किएका हुन् ।
मंगलबार आयोगले सहमतिका लागि जसपाका दुबै पक्षलाई आयोगमा बोलाएर छलफल गरेको थियो । मिल्न सकिन्नँ भनेर दुवै पक्षका नेताहरूले हस्ताक्षर गरेर आयोगलाई दिएको आयोगका एक कर्मचारीले जानकारी दिए ।आयोगलाई नियमानुसार अघि बढ्न भन्दै दुवै पक्षले हस्ताक्षर गरेको नेता अनिल झाले जानकारी दिए ।ती कर्मचारीले भने, ‘सँगै बस्नै नसक्ने भनेपछि हामीले स्वीकृति दिएका छौँ । निर्वाचन आयोगल दुवै पक्षको हस्तक्षार गराएका छन्, यो राजनीति दल सम्बन्धि ऐन दफा ४४ (५) अनुसार अघि बढेको छ । अब उहाँहरु दफा ४४ को ६ मा चाहिँ प्रवेश गर्नुएको छ ।’
दुबै पक्षले आफ्नो दावी नछाडेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन भनेको छ । उनले भने, ‘उहाँहरु एकताका लागि सहमत हुन भएन । तर फुट्नका लागि सहमत हुनुभयो । अब दुबै पक्षले आधिकारिकताका लागि दावी पेश गर्ने सहमति भएको छ ।’
आज ठाकुरसँगै उनी पक्षका राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, शरतसिंह भण्डारी, केशव झालगायत नेता आयोग पुगेका थिए । यादव पक्षका उनीसँगै महेन्द्रराय यादव, राजेन्द्र श्रेष्ठ, प्रकाश अधिकारीलगायत नेताहरु छलफलमा सहभागी थिए ।