ट्रेण्डिङ

होमपेज / राजनीति

विश्वासको मत नपाएकालाई फेरि नियुक्ति गर्नु नै गैरसंवैधानिक- राघवलाल वैद्य

नेपालगाथा २०७८ असार २१ गते सोमबार १५:४४:३५ मा प्रकाशित

काठमाडौं  प्रतिनिभिसभा विघटनसम्बन्धी मुद्दामा निवेदकका तर्फबाट जवाफी बहस सकिएको छ ।

प्रतिनिभिसभा विघटनसम्बन्धी मुद्दामा निवेदकका तर्फबाट जवाफी बहस सकिएको छ ।प्रतिनिधि सभा विघटन मुद्दामा अदालतको सहयोगी (एमिकस क्युरी)का रूपमा बहस गरेका  वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री  बनाउनु नै संविधानसम्मत नभएको बताएका छन्।

उनले आफ्नो राय पेश गर्दै विश्वासको मत नपाएको व्यक्तिलाई फेरि प्रधानमन्त्री नियुक्ति गर्नु गैरसंवैधानिक भएको बताए । विश्वासको मत गुमाएको प्रधानमन्त्रीको निकास के हो राष्ट्रपतिले नखोजेको भन्दै उनले प्रश्‍न उठाए ।

'७६ का उपधारा १ देखि ७ सम्म हेर्दा, ७६ (३) अनुसारका वर्तमान प्रधानमन्त्रीकाे नियुक्तिको स्रोत के हो भनेर प्रश्न गर्नु पर्छ । त्यो नियुक्तिको व्यवहोरामा उपधारा ३ अनुसार नियुक्त गरियो भनिएकाे छ,' उनले भने, 'जतिखेर उहाँ (केपी शर्मा ओली)ले विश्वासको मत आर्जन गर्न सक्नुभएन, त्यतिबेला पनि उहाँ नेकपा एमालेकाे नेता हुनुहुन्थ्यो । नेता परिवर्तन भएको छैन, जुन व्यक्तिले विश्वासको मत पाएको छैन, त्यसैलाई फेरि नियुक्ति गर्नु गैरसंवैधानिक हो । अहिलेसम्म उहाँ पदमा बसेको गैरसंवैधानिक हो । २७ गते विश्वासको मत गुमाएको प्रधानमन्त्रीको निकास के हो ? त्यो निकास खोज्नु पर्दैन राष्ट्रपतिले ?'

प्रतिक्रिया

सम्बन्धित खवर

Top