होमपेज / राजनीति
काठमाडौं- वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपतिले संविधान अनुसार चल्नुपर्ने बताएका छन्।
थापाले नयाँ बन्ने सरकारले भविष्यमा समेत विश्वासको मत पाउँदैन भनेर राष्ट्रपतिले सांसदको हकसमेत अपहरण गरेको आरोप लगाएका छन् ।राष्ट्रपतिले राजनीतिक आधारलाई हेरेर नभई संविधान हेरेर निर्णय गर्नुपर्ने बताए।
संसद विघटनसम्बन्धी मुद्दामाथि सोमबार जवाफी बहसको क्रममा थापाले संविधानले त्यस्तो अधिकार दिएको छ भन्दै प्रश्न समेत गरे । ‘राष्ट्रपति स्वयंले नै विश्वासको मत पाउँछ पाउँदैन भनेर निर्णय गर्ने अधिकार संविधानले दिएको छ र ?,’ उनको प्रश्न छ, ‘राष्ट्रपतिले आफ्नो लिखित जवाफमा भविष्यमा विश्वासको मत पाउँछ कि पाउँदैन भनेर हेरेँ भन्नु भएको छ। त्यो हेर्न मिल्छ र ?’
प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बुधबार बहस गर्ने क्रममा उनले राष्ट्रपतिले कार्यकारिणी अधिकार लिन खोजेको समेत बताए।संसद विघटनसम्बन्धी मुद्दामा रिट निवदेक पक्षका कानून व्यवसायीको जवाफी बहस सकिएपछि अहिले एमिकस क्यूरीका तर्फबाट धारणा राख्ने क्रम शुरू भएको छ ।