होमपेज / राजनीति
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ अन्तिम चरणमा पुगेका बेला निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ ।
तालिका अनुसार पहिलो चरणको मतदानका लागि आउँदो असोज २० र २१ गते उमेदवारी मनोनयन, असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको आयोग स्रोतले जनाएको छ ।यसैगरी दोस्रो चरणको मतदानका लागि असोज ३१ र कार्तिक १ गते उमेदवारी मनोनय दर्ता गर्ने, र कार्तिक ५ गते उमेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिकामा उल्लेख रहेको बताइएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहस सर्वोच्च अदालतमा सकिने चरणमा छ । आयोगले आज निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो ।आयोगले निर्वाचन प्रयोजनका निम्ति दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको समय दिने भएको छ ।