ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने

नेपालगाथा २०७८ असार १७ गते बिहीबार १५:२९:१० मा प्रकाशित

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने भएकी छन् ।

नेकपा एमाले राष्ट्रियसभा प्रमुख सचेतक खिमलाल भट्टराईका अनुसार राष्ट्रपतिले सम्बोधन गर्ने मिति भने तय भएको छैन । बिहीबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले सरकारले राष्ट्रपतिले सम्बोधन गर्ने जानकारी गराएको बताएका थिए ।

‘असारको २० वा २१ गते हुन सक्छ’ उनले भने । बिहीबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपतिले सम्बोधन गर्ने भनी सरकारबाट जानकारी आएको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top