ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेको १० औं महाधिवेशन आयोजक समिति खारेज

नेपालगाथा २०७८ असार १६ गते बुधबार १६:१४:४५ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेले १० औं महाधिवेशन आयोजक समिति खारेज गरी केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार बालुवाटारमा बसेको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । अब केन्द्रीय कमिटीको बैठक असार १८ गते बस्नेछ ।

बैठकले स्थायी कमिटीमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनीत गर्ने निर्णय पनि गरेको छ । त्यस्तै एमालेको बैठकले बाढी, पहिरोजस्ता विपदमा उद्दार र राहतमा सरकारले खेलेको भूमिकाको उच्च प्रशंसा गरेको ज्ञवालीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top