होमपेज / राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालीले आफ्नो निर्णय आफैँ गर्ने वातावरण बनाउनु नै आजको आवश्यकता भएको बताएका छन्।प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वार्थका लागि जस्तोसुकै सहमति पनि गर्ने बताएका छन्।
विपक्षी गठबन्धनका शीर्ष नेताहरुले सोमबार नागरिक समाजका अगुवा र बुद्धिजिवीहरुसँग गरेको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अदालतबारे कुनै टिप्पणी नगर्ने बताए ।
प्रधानमन्त्री ओली विचित्रको मानिस भएको प्रचण्डको टिप्पणी छ।‘ओली बडो विचित्रको मान्छे हो। व्यक्तिगत स्वार्थका लागि जस्तोसुकै सहमति गर्छन्,’ वुद्धिजीविहरूसँग आज संघीय संसद भवनमा विपक्षी गठबन्धनले गरेको अन्तरक्रियामा प्रचण्डले भने, ‘जरूरी परेमा माधवजीको खुट्टा ढोग्न सक्छन्। सबै भयो जेपनि गर्छु भन्ने तर केही नगर्ने स्वभाव छ।’
अर्को प्रसंगमा प्रचण्डले संसद् पुनर्स्थापना हुने भएपनि आफू पूर्ण रूपमा विश्वत भने हुन नसकेको बताए ।“संसद् पुनर्स्थापना हुन्छ । सबै तथ्य, प्रमाण नजिर हेर्दा संसद् पुनर्स्थापना हुने कुरामा आशंका गर्ने ठाउँ त छैन । तर, अझै विश्वस्त हुन सकेको छैन । अझै ठूलो खेल चलिरहेको गन्ध पनि आउँछ मलाई । पुनर्स्थापना मात्रैले समस्याको हल नहुन पनि सक्छ,” उनले भने ।