ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री ओलीलेले भने- माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्न मलाई बाैला कुकुरले टोकेको छ र ?

नेपालगाथा २०७८ असार १४ गते सोमबार १५:१९:२८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफर नगरेको बताएका छन् । 

स्वर्गीय नेता मदन भण्डारीको स्मृतिमा आज काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले माधवलाई आफूले प्रधानमन्त्री बनाउने कुनै प्रस्ताव नगरेको बताए ।बालुवाटारमा आज आयोजित एक कार्यक्रममा ओलीले यसो भने- ‘तपाईंहरूले दुई-तीन दिन अघिदेखि सुन्नुभयो होला । मैले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव राखेँ अरे । म यो मान्दिनँ अरे । मेरो शेरबहादुर देउवाप्रति यति निष्ठा छ, देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु । देशलाई धोका दिन्छु । जनतालाई धोका दिन्छु । तर, देउवालाई धोका दिन सक्दिनँ । यसो भनिरहेका छन् ।’

ओलीले माधव नेपाल अहिले शेरबहादुर देउवाको कार्यकर्ता बनेको टिप्पणी गरे ।‘मलाई बहुला कुकुरले टोकेको छ र ? कोही मान्छे नभेटाएर यस्ता मान्छे (माधव नेपाल)लाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ? कहिले अध्यक्षको, कहिले प्रधानमन्त्रीको प्रस्ताव राख्या छ भन्या छ । एक ढंगले भन्ने हो भने यी प्रचण्डका पुच्छर हुन् । जन्तु पूर्वतिर फर्कियो भने पुच्छर पश्चिमतिर हुन्छ, पश्चिमतिर फर्कियो भने पुच्छर पूर्वतिर लाग्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top