ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभा विघटन मुद्दा :रिट निवेदकका कानुन व्यवसायीकाे बहस सकियो

नेपालगाथा २०७८ असार १३ गते आइतबार १७:२२:११ मा प्रकाशित

काठमाडौं ।प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा निवेदकतर्फका कानुन व्यवसायीकाे बहस सकिएकाे छ । अब भोलिदेखि सरकार पक्षका वकिलहरूले बहस गर्ने छन् ।

संसद पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदन पक्षका वकिलहरूले आज बहस सकाएका हुन् ।प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई सम्मिलित इजलासले याे मुद्दाकाे सुनुवाइ गरिरहेकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top