ट्रेण्डिङ

होमपेज / राजनीति

धारा ७६ का सबै उपधारा अनुसार ओलीमात्र प्रधानमन्त्री बन्नु पर्छ भन्ने हो ?:संविधानविद् आचार्य

नेपालगाथा २०७८ असार १३ गते आइतबार १५:५०:४१ मा प्रकाशित

काठमाडौँ — संविधानको धारा ७६ (५) को प्रधानमन्त्रीलाई समर्थन गर्ने सांसदलाई दल त्यागसम्बन्धी ऐनअनुसार कारबाही हुन नसक्ने संविधानविद् भीमार्जुन आचार्यले बताएका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा दायर गरेको रिटको पक्षमा आइतबार बहस गर्दै अधिवक्ता आचार्यले सांसदहरुको अधिकार राष्ट्रपति र प्रधानमन्त्रीले छिन्न नसक्ने बताएका हुन् ।

'संविधानको धारा ७६ (५) को प्रधानमन्त्री नियुक्तिका लागि आह्वान गर्दा राजनीतिक दल त्यागसम्बन्धी ऐन आकर्षित हुँदैन । दल त्यागसम्बन्धी ऐन आकर्षित हुनका लागि सांसदले राजीनामा दिएमा, अर्को पार्टी प्रवेश गरेमा वा अर्को पार्टी गठन गरेमा हुन्छ भन्ने व्यवस्था छ,' आचर्यले भने ।साथै उनले सर्वोच्च अदालतले राष्ट्रपतिको कदमलाई मान्यता दिएमा देशको संविधान समाप्त हुने जिकिर गरे ।

बहसका लागि दश मिनेटको समय पाएका आचार्यले भने, ‘अदालतले राष्ट्रपतिको कदमलाई मान्यता दियो भने संविधान जान्छ । धारा ७६ का सबै उपधारा अनुसार केपी ओलीमात्र प्रधानमन्त्री बन्नु पर्छ अरु बन्न सक्दैनन्, पाउँदैन भन्ने त संविधानले व्यवस्था गरेको छैन । ७६ ९५० र ७६ ९२० बीच फरक छ । उपधारा ५ अनूसार एउटा सदस्यले पनि आधार पेश गर्न सक्छ भन्ने हो ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top