ट्रेण्डिङ

होमपेज / राजनीति

गण्डकी प्रदेशमा अस्थायी मन्त्रिमण्डल बिस्तार,दीपक मनाङे अझै बिनाविभागीय

नेपालगाथा २०७८ असार १३ गते आइतबार १५:०१:०४ मा प्रकाशित

काठमाडौं । शपथ खाएको १५ दिनपछि गण्डकीका दुई जना बिनाविभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् ।मुख्यमन्त्री नेपालीले ४ मन्त्रिहरुलाई अस्थायी रुपमा कार्यभार दिएका छन।

जसमा कुमार खड्कालाई शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तैगरी हरिशरण आचार्यले ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा दिइएको बताइएको छ ।त्यस्तैगरी दीपक मनाङ्गेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । तर उनले सो मन्त्रालय स्वीकार गरेका छैनन् । 

जसपाबाट मन्त्री बनेका आचार्य र स्वतन्त्र सांसद गुरूङको मन्त्रालय भने तोकिएको छैन । उनीहरूलाई कुन मन्त्रालय दिने भन्ने सहमति जुटेको छैन ।बाँकी ९ मन्त्रालय मुख्यमन्त्री पोखरेल आफैँले राखेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top