ट्रेण्डिङ

होमपेज / राजनीति

ओलीले प्रधानमन्त्रीको अफर गरिसके तर विपक्षी गठबन्धनलाई धोका दिन्न:माधव नेपाल

नेपालगाथा २०७८ असार १२ गते शनिबार १८:५८:३७ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले पछिल्लो समय आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको बताएका छन् ।संसद् भवन नयाँ बानेश्वरमा शनिबार आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा नेता नेपालले प्रस्ताव आए पनि सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने बताए ।

शनिबार नयाँ बानेश्वरमा विपक्षी पाँचदलीय गठबन्धनद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता नेपालले यस्तो खुलासा गरेका हुन् । तर, गठबन्धनलाई धोका नदिने उनको भनाइ छ ।नेपालले भने : संधिवानको धारा ७६ (५) मा पुगेर केपी ओलीको तानाशाही परास्त गर्न हामी विद्रोही एमाले बनेका हौं । यो एमालेभित्रको विद्रोही आवाज हो, क्रान्तिकारी आवाज हो । लोकतान्त्रिक प्रक्रियाबाट पनि तानाशाही जन्मिने रहेछ, केपी ओली त्यस्तै तानाशाह हो ।

साेही अन्तरक्रियामा कार्यक्रममा उपस्थित भएका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि एमाले नेता नेपाललाई धोका नदिने बचन दिए । उनले भने, ‘माधवजी लडाकू मित्र हो, उहाँलाई कुनै धोका हुँदैन ।’

प्रधानमन्त्रीको प्रस्ताव कोबाट आएको भनेर नेपाललेले प्रष्ट शब्दमा खुलाएनन् । तर, उनको संकेत प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षपट्टि थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top