होमपेज / राजनीति
काठमाडौं । गृहमन्त्री विष्णु प्रसाद पौडेलले मध्यावधि निर्वाचन भएरै छाड्ने दावी गरेका छन।प्रधानमन्त्री केपी ओलीले विश्वासको मत प्राप्त नगरेको र संसदले नयाँ सरकार गठन गर्न नसकेकाले प्रतिनिधिसभा विघटन गरी बाध्यकारी विकल्पको रूपमा ताजा जनादेशमा जानु परेको उनको जिकिर थियो ।
प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएपछि अन्य दलहरुले वैकल्पिक सरकार निर्माण गर्न नसक्दा नै दोस्रो पल्ट संसद विघटन भएको उनकाे तर्क छ।शनिबार बुटवलमा कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देस्यीय आयोजना कार्यालयको उद्घाटन गर्दै पौडेलले संवैधानिक व्यवस्थाअनुसार नै संसद विघटन गरी निर्वाचनको मिति तोकिएको बताए ।
‘विभिन्न देशका खोप उत्पादकहरूसँग सम्वाद, समन्वय गरेर खोप ल्याउँछौँ र निर्वाचनअघि सबै जनतालाई खोप लगाएर निर्वाचनमा जाँदा मास्क खोलेर मतदान गर्ने वातावरण मिलाउँछौँ,’ उनले भने ।