ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णालीका तीन सांसद एक महिना निलम्बित

नेपालगाथा २०७८ असार १२ गते शनिबार ०६:२८:३५ मा प्रकाशित

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी भएका खनाल–नेपाल समूहका तीन जना मन्त्रीहरू पदमुक्त भएका छन् । 

वैशाख ३ गते पार्टी ह्वीप उल्लंघन गर्दै माओवादी नेतृत्वको सरकार जोगाउन विश्वासको मत दिने कर्णाली प्रदेशका चार सांसदमध्ये तीन जना यतिबेला मन्त्री पदमा छन् ।शुक्रबार एक सूचना जारी गरेर प्रदेश सभा सचिवालयले एमाले संसदीय दलको निर्णय अनुसार सांसदत्रय अम्मरबहादुर थापा, कुर्मराज शाही, नन्दसिंह बुढालाई निलम्बन गरिएको जनाएको हो ।

सचिवालय सचिव जीवराज बुढाथोकीद्वारा हस्ताक्षरित पत्रमा निलम्बनको जानकारी गराइएको हो । ‘नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको बैठकको निर्णयअनुसार तीन सांसदले एमाले संसदीय दल कर्णाली प्रदेशको निर्णयको पालना नगरेकाले एक महिनाका लागि नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको संसदबाट निलम्बित गरिएको भनी प्रदेश सभा सचिवालय कर्णाली प्रदेशलाई जानकारी प्राप्त भएकाले सोही व्यहोरोको सूचना सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top