ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्रीले विश्वासको मत लिन नसक्ने भन्ने ठाउँ संसद् हो कि राष्ट्रपति कार्यालय ?:प्रधानन्यायाधीश राणा

नेपालगाथा २०७८ असार ११ गते शुक्रबार १५:१३:२५ मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभा पुनर्स्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै देउवासहित १४६ सांसदले दिएको रिटमा निवेदकका वकिलको बहस आज सकिँदैछ।

सर्वोच्च अदालतको संवैधानिक इजलास नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षका अधिवक्ता दीनमणि पोखरेललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रधानमन्त्रीले विश्वासको मत लिन सक्दिनँ भन्ने ठाउँ कहाँ हो भनी प्रश्न गरेका छन् ।

'मैले विश्वासको मत लिन सक्दिनँ भन्ने लागेपछि  प्रधानमन्त्रीले त्यो भन्न जाने ठाउँ संसद् हो कि राष्ट्रपति ?,' राणाले प्रश्न गरे ।‘प्रधानमन्त्री बनाउने एउटा प्रक्रियामा गएपछि, आधार देखाएपछि अब राष्ट्रपतिले विश्वासको मत पाउने अवस्था छ/छैन विश्लेषण गर्ने होइन,’ जवाफमा अधिवक्ता पोखरेलले भने।  

बहसका क्रममा पोखरेलले संविधानको धारा ७६ को उपधार २ अनुसार बहुमत नपाएपछि उनैलाई उपधारा ३ अनुसारको प्रधानमन्त्री बनाउन नहुने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top