ट्रेण्डिङ

होमपेज / राजनीति

तीन नेताको लञ्च मिटिङ:कोइराला, निधि र सिंह महाधिवेशनकेन्द्रित छलफलमा

नेपालगाथा २०७८ असार ११ गते शुक्रबार १४:३५:५० मा प्रकाशित

 काठमाडौं । नेपाली कांग्रेसमा सभापतिका आकांक्षी नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले सम्वादलाई निरन्तरता दिएका छन् ।

कोइराला निवास महाराजगञ्जमा आज भएको छलफलमा तीन नेता महाधिवेशनसम्म मिलेर जाने सहमति भएको हो । छलफल महाधिवेशनमा केन्द्रित रहेको बताइएको छ ।तीनै नेताले सभापतिको दाबेदारी गररिरहेका छन् । १४ औँ महाधिवेशनमा सहकार्यका लागि यी नेताहरूले छलफललाई तीव्रता दिएका छन् । गत साता उनीहरूले निधि निवासमा छलफल गरेका थिए ।

“१४ औं महाधिवेशनमा सबैलाई समेटेर लैजान सकिन्छ भनेर हेर्नका लागि पनि हामी बसेका थियौं  ।  विमलेन्द्रजीको बसेको बैठकपछि आएको समाचारले पार्टीलाई सही दिशाम लैजाने अग्रसरतालाई आत्मशाथ गर्छौं । संस्थापन नेताले पुर्याएको ठाउँमा पार्टी पुर्याउनुस् भन्ने छ । तीनै जना सँगै बसेर सल्लाह गरौं भन्ने भएको छ । कांग्रेसको, लोकतन्त्रको हितमा कसरी अघि बढ्न सकिन्छ भन्ने हो,” छलफलबारे प्रकाशमानले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top