ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्डले भने-राष्ट्रपतिभन्दा त राजाहरूकै शान थियो

नेपालगाथा २०७८ असार ११ गते शुक्रबार ०७:०४:०० मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिभन्दा राजा महाराजहाहरूको शान बढी भएको टिप्पणी गरेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा एक जुट भएका विपक्षी गठबन्धको विचार, सिद्धान्तमा अहिले खासै बिभिन्नता देखिदैन।

सम्पादकहरूसँगको छलफलका क्रममा हिजाे उनले निर्वाचन आयोग संवैधानिक निकाय कमजोर भएको बताए । “हुँदाहुँदा राष्ट्रपति कार्यालय सबैले अभिभावक भनेर, संरक्षक भनेर अझ महिला अघि सारेको त हेर्नुस् राष्ट्रपति कस्तो भयो । अहिले राष्ट्रपति भन्ने संस्था त यति ... । यो भन्दा त राजाहरू हुँदा थियो नि एउटा शान । अहिले त शान पनि छैन । मान पनि छैन । इज्जत नि छैन । कस्तो भयो । हामीले बनाएको संस्था, ” उनले भने ।

 गठबन्धनकै अर्का नेता उपेन्द्र यादवले पनि राष्ट्रपतिको आलोचना गरेका छन् । प्रचण्डले ओलीको पनि चर्को आलोचना गरे। उनले ओलीलाई भिलेनको संज्ञा दिए। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top