ट्रेण्डिङ

होमपेज / राजनीति

मन्त्रीहरूको जिम्मेवारी हेरफेर,चार मन्त्रीले कति मन्त्रालय पाए?

नेपालगाथा २०७८ असार १० गते बिहीबार १७:४१:०३ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशबाट २० जना मन्त्री पदमुक्त भएपछि खाली रहेका मन्त्रालयको प्रधानमन्त्रीसहित ५ मन्त्रीलाई जिम्मेवारी बाँडिएको छ ।

ओलीले रक्षा र परराष्ट्रमन्त्रालय आफैँसँग राखेका छन् । अर्थमन्त्री रहेका विष्णुप्रासाद पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति,ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृहको जिम्मेवारी दिइएको छ । यसअघि पौडेल उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारीमा थिए । सर्वोच्च अदालतले पछिल्लो पटक थपिएका मन्त्रीहरूलाई काम गर्न रोक लगाएपछि ओलीले भइरहेका मन्त्रीहरूको जिम्मेवारी थपेका हुन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top