होमपेज / राजनीति
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी गठबन्धनले प्रधानमन्त्री फेर्ने मात्रै खेल नखेलेको बताएका छन् ।विपक्षी गठबन्धनले आयोजना गरेको सम्पादकसँगको भेटघाट, छलफललाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा प्रपोगाण्डा चलाइएजस्तो सरकार फेरबदलको खेल नभएको बताए ।
उनले दशकौँदेखिको संघर्षबाट बनको संविधान जोगाउन फेरि संघर्ष गर्नुपर्ने बेला आएको बताए । प्रचण्डले भने, 'पाँच दलीय गठबन्धन लामै छलफलबाट बनेको हो । पछिसम्मै जान्छ । दशकौँदेखि संघर्षबाट बनेको संविधान जोगाउन हाम्रो संघर्ष जारी छ ।'अन्तर्क्रियामा उनले चुनावका बेला जनतासामु भन्ने गरेका लोकतन्त्रको आधारभूत मान्यताको रक्षा गर्नका लागि काम गरेको बताए ।उनले यो संविधान, गणतन्त्र, धर्मनिरपेक्षताको रक्षार्थ भएको बताए ।उनले लोकतान्त्रिक गठबन्धनले दीर्घकालीन यात्रा तय गर्ने उद्घोषसमेत गरे ।
“यो केपी ओलीलाई हटाउने मात्रै आन्दोलन होइन, संविधान, लोकतन्त्र, राष्ट्रियताको रक्षा गर्ने अभियान पनि हाे,” उनले भने ।अहिले विपक्षी गठबन्धनका पाँच घटकको अलगअलग पृष्ठभूमि भए पनि परिवर्तनका लागि सबैको समयसापेक्ष योगदान दिँदै आएको बताए ।