होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको संवैधानिक परिषद्को सिफारिशमा राष्ट्रपतिले पदाधिकारी नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
राष्ट्रपति भण्डारी लोक सेवा आयोगमा माधव प्रसाद रेग्मीलाई नियुक्त गरेकी छन् । संवैधानिक परिषद्ले वैशाख २७ गते सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाई विना नै नियुक्त गरिएको हो ।सरकारले अध्यादेश मार्फत संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गरेको थियो। त्यसको विरोधमा परिषद्का सदस्य एवं प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले परिषद्को बैठक बहिष्कार गरेका थिए।
संसदीय सुनुवाइविना नै राष्ट्रपतिले संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेकी हुन्।
को को भए नियुक्त ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
हरि पौडेल, सदस्य
सुमित्रा श्रेष्ठ, सदस्य
लोकसेवा आयोग
माधवप्रसाद रेग्मी, अध्यक्ष
माधव बेल्बासे, सदस्य
वीरबहादुर राई, सदस्य
दिनेश सिलवाल, सदस्य
मञ्जुकुमारी, सदस्य
निर्वाचन आयोग
सगुनशम्शेर जबरा, सदस्य
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
विपिनराज निरौला, सदस्य
राष्ट्रिय महिला आयोग
जया घिमिरे, सदस्य
सावित्राकुमारी शर्मा, सदस्य
सुन्दर पुर्कोटी, सदस्य
राष्ट्रिय समावेशी आयोग
रामकृष्ण तिमल्सेना, अध्यक्ष
पुष्पराज तिमिल्सिना, सदस्य
मानप्रसाद खत्री, सदस्य
आदिवासी जनजाति आयोग
सुर्यबहादुर गुरुङ, सदस्य
मधेसी आयोग
आभाकुमारी, सदस्य
थारु आयोग
उमाशंकर प्रसाद चौधरी, सदस्य
शान्ति मोदी, सदस्य
मुस्लिम आयोग
मोहम्मद समशुल हक, सदस्य