होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशलाई भड्खालोबाट जान जोगाउनुपर्ने बताएका छन् ।विपक्षी गठनबन्धनले सम्पादकहरूसँग गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले ‘माधव नेपाल को हुन् ?’ भन्नेलाई जवाफ दिने भन्दै धारणा राखेका थिए ।
‘म माधव नेपाल पूर्वप्रधानमन्त्री हुँ । एमालेको वरिष्ठ नेता हुँ । केपी ओलीले गरेको कारवाहीको अर्थ छैन । ओलीले सुरू गरेको कोर्स करेक्सन गर्न हामी लागेका छौं’, नेपालले भने ।नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती स्वीकार गरेर कोर्स करेक्सन गर्न चाहे स्वागत गर्नुपर्ने पनि बताए ।
“हामीले कोर्स करेक्सन गर्न चाहिरेका छौँ । केपी ओलीले सङ्कोचमा लानुभएको छ । हामी यसलाई पोजेटिभ दिशामा लान खोजिरहेका छौँ । मानिस हुन् । कहिलेकाहीँ गल्ती हुन्छ । गल्ती स्वीकार गरेर आउनुहुन्छ भने केपी ओलीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुर जी । म ठाउँ छोड्दिन्छु । राजीनामा दिन्छु । यो कोर्स होइन् । अरूसँग सँठगाँठ गरेर लाग्दैन,” उनले भने ।
उक्त कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीले निरंकुश शासन चलाउन चाहिरहेको आरोप लगाए।