होमपेज / राजनीति
रौतहट । रौतहटको मौलापुरमा जारी नगरसभाको क्रममा दोहोरो भिडन्त भएको छ । सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन करिब कैयौं राउण्ड अश्रुग्यास प्रहार गरेका हुन् ।
नगरपालिका कार्यालयमा जारी नगरसभाको क्रममा विपक्षी गठबन्धनले मौलापुर चौकमा विरोध प्रदर्शन गरेको थियो ।अहिले मौलापुर बजार तनावग्रस्त छन् । माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका पूर्वमन्त्री एवं नेता प्रभु साह नगरसभाका प्रमुख अतिथि थिए ।
स्थिति तनावग्रस्त भएपछि प्रहरीले स्थिति लाई नियन्त्रणमा लिन दर्जनौं राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । मौलापुर नगरपालिकाको पाचौ नगरसभा चलिरहदा बाहिर प्रभु साह पक्ष र अन्य दलका कार्यकर्ता बिच झडप भएको हो ।बाहिरका मान्छेलाई मौला बजार समेत आउन रोक लगाएर नगरसभा गर्न खोज्दा झडप भएको स्थानीयले बताएका छन् । जसपा समर्थक कुमोद यादवले भने, ‘हरहिसाव पारदर्शी गरी नगरसभा गर्न ज्ञापन पत्र बुझाएका थियौ । तर बेवास्ता गरी नगरसभा गर्न खोज्दा अवरोध गर्ने क्रममा झडप भएको हो ।’