ट्रेण्डिङ

होमपेज / राजनीति

सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइने : प्रधानमन्त्री

नेपालगाथा २०७८ असार १० गते बिहीबार १०:३९:५२ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइने बताएका छन् । नेपाल बाल सङ्गठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खोपको अभाव क्रमशः सुल्झँदै गएको बताए । भर्चुअल माध्यममार्फत कार्यक्रमलाई सम्बोधन गरेका ओलीले अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट नभई प्रत्यक्ष भेटेर नै गर्न सकिने बताए ।

उनले अगाडि मङ्सिरको निर्वाचन अगाडि नै सबैलाई खोप लगाइसक्ने बताएका थिए । ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनै पर्ने हकसमेत नपाएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top