ट्रेण्डिङ

होमपेज / राजनीति

बिहीबारबाट संसद् विघटनविरुद्ध विपक्षी गठबन्धनले आन्दोलन थाल्ने

नेपालगाथा २०७८ असार १० गते बिहीबार ०६:४७:४६ मा प्रकाशित

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको प्रतिगमनकारी निर्णयविरुद्धमा पाँच दलीय विपक्षी गठबन्धनले आन्दोलन थाल्ने भएका छन् ।

देउवा निवास बूढानीलकण्ठमा बुधबार साँझ बसेको विपक्षी गठबन्धनको बैठकले ओलीको प्रतिगमनविरुद्ध जनपरिचालन गर्ने निर्णय गरेको हो ।बैठकले सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पालना गर्दै प्रतिगमनविरुद्ध जनपरिचालन गर्ने निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

रोधका कार्यक्रम स्वास्थ्य मादण्ड अपनाएर कार्यक्रम अगाडि बढाउने  बैठकले  निर्णय गरेको हो । ओलीले गत २१ र २८ जेठमा गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले मंगलबार कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई बैठकले स्वागत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top