होमपेज / राजनीति
काठमाडौं ।बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधानका सबै धारामा एउटै प्रधानमन्त्री हुने कस्तो व्यवस्था भन्दै प्रश्न गरेका छन् ।बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधानका सबै धारामा एउटै प्रधानमन्त्री हुने कस्तो व्यवस्था भन्दै प्रश्न गरेका छन् ।
“संविधानका सबै धारामा एउटै प्रधानमन्त्री हुने कस्तो व्यवस्था श्रीमान् ?,” उनको प्रश्न थियो ।
प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर राणाले केपी ओली संविधानकाे धारा ७६ काे उपधारा ३ बमाेजिमकाे प्रधानमन्त्री भएकाले उनले त्यही पदमा प्रतिस्पर्धा गर्न किन नपाउने भनी प्रश्न गरेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइमा बहस गरेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले धारा ७६ काे उपधारा ४ बमोजिम विश्वासको मत नपाएपछि पद गएकाे टिप्पणी गरेपछि राणाले यस्ताे प्रश्न गरेका हुन् ।
'उहाँ त उपधारा ३ बमोजिमको प्रधानमन्त्री हो । विश्वासको मत नपाएको बेग्लै कुरा होला । अनि फेरि प्रस्तिस्पर्धा गर्न नपाउने ?', राणाले प्रश्न गरे ।