ट्रेण्डिङ

होमपेज / राजनीति

सर्वोच्चको आदेशप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले भने – राजनीतिमा अदालत हाबी भयो, तैपनि आदेश मान्छौँ

नेपालगाथा २०७८ असार ९ गते बुधबार ०६:५६:३५ मा प्रकाशित

काठमाडौं । कामचलाउ हैसियतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेश संविधानविपरीत भएको टिप्पणी गरेका छन् ।  तथापि, अदालतको आदेश मान्नुको विकल्प नरहेको भन्दै उनले पदमुक्त भएका मन्त्रीहरुलाई विदा गरेका छन् ।

सर्वोच्चको आदेशले पदमुक्त भएका मन्त्रीहरूसँग मंगलबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा छलफल गर्दै ओलीले सरकारका काममा अदालतले एकपछि अर्को अवरोध सिर्जना गरिरहेको बताएका हुन् ।सर्वोच्चले मंगलबार २१ जेठ र २७ जेठमा थपिएका मन्त्रीहरुलाई काम गर्न रोक लगाएको थियो ।प्रधानमन्त्री ओलीले पदमुक्त भएका मन्त्रीहरुलाई साँझ प्रधानमन्त्री निवास वालुवाटार बोलाएका थिए ।प्रधानमन्त्री ओलीले छलफलका क्रममा पछिल्लो समय राजनीतिमा न्यायालय हाबी भएको टिप्पणी गरेका थिए । अदालतको फैसला संविधानविपरीत हुँदाहुँदै पनि सम्मान गर्दै कार्यान्वयन गर्नपर्ने उनको भनाइ थियो ।

छलफलमा प्रधानमन्त्रीले राखेको धारणा उद्धृत गर्दै निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले भने, ‘अदालतको फैसला हामीले मान्नैपर्छ । तर, बढ्ता राजनीति भयो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top