ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेले भन्यो– मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्चको फैसला अप्रत्याशित

नेपालगाथा २०७८ असार ८ गते मंगलबार १९:११:०५ मा प्रकाशित

काठमाडौं मन्त्रिपरिषद् विस्तार तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशलाई सत्तासीन दल एमालेले अप्रत्याशित भनेको छ । मंगलबार सर्वोच्चको आदेशपछि प्रारम्भिक प्रतिक्रिया जनाउँदै एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले सर्वोच्च अदालतको निर्णय अप्रत्याशित भएको बताए । 

‘अदालतको आदेश अप्रत्यासित छ । यसले राष्ट्रिय राजनीतिलाई झनै जटिल मोडतिर धकेलेको छ’, उनले भने ।अदालतको आदेशबारे थप छलफल गरिने ज्ञवालीले बताए । ‘अप्रत्यासित छ । यसबारे बाँकी निर्णय हामी बैठक बसेर गर्छौ’, उनले भने ।

२१ र २७ जेठमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तार कार्यान्वयन गर्न भनेसँगै एमाले र जसपाबाट मन्त्री बनेका २० जना मन्त्री पदमुक्त भएका छन् । सर्वोच्चको अन्तरिम आदेशपछि एमाले प्रवक्ता प्रदिप ज्ञवालीले सर्वोच्चको अन्तरिम आदेशपछि राजनीतिलाई थप जटिलतातर्फ धकेलिने बताएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top