ट्रेण्डिङ

होमपेज / राजनीति

ओलीको भ्याकेट निवेदन:दुवै पक्षलाई झिकाउने सर्वोच्चको आदेश

नेपालगाथा २०७८ असार ८ गते मंगलबार १६:०८:३९ मा प्रकाशित

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट दर्ता भएको भ्याकेटको निवेदनमा अन्तरिम आदेश दिनुअघि सर्वोच्च अदालतले दुवै पक्षलाई बोलाउने आदेश दिएको छ ।

मंगलबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र हरि फुयालको इजलासले रिट निवेदकलाई पनि बोलाउन आदेश दिएको हो । उक्त मुद्दामा बहस गरेका अधिवक्ता ईश्वरी भट्टराईका अनुसार दुवै पक्षलाई बोलाउन आदेश दिए पनि अर्को पेशी तोकिएको छैन ।कर्णाली प्रदेशका चार जना सांसदले ह्वीप उल्लंघन गरेर फ्लोर क्रस गरेपछि पार्टी विधान र राजनीतिक दलसम्बन्धी ऐनबमोजिमका प्रक्रिया पूरा गरेर भएको कारबाही र पदमुक्तिलाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत बदर गरेको थियो ।

अन्तरिम आदेश खारेज गर्ने वा नगर्ने  विषयमा छलफल गर्न सर्वोच्चले विपक्षी झिकाएर छलफल गर्न आदेश गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top