ट्रेण्डिङ

होमपेज / राजनीति

प्रकाशमान, शशांक र विमलेन्द्रको ‘लञ्च’ मिटिङ

तीनैजना नेताले नेतृत्वका लागि आफ्नो दावी पेस

नेपालगाथा २०७८ असार ७ गते सोमबार १४:४७:०१ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापति पदको दाबेदार रहेका ३ नेताबीच आज छलफल भएको छ ।  सभापति शेरबहादुर देउवा प्रदेश–प्रदेशका केन्द्रीय सदस्यसँग बैठक गरेर आफूलाई जित्ने आधार तयार पारिदिन आग्रह गरिरहेका छन् । 

निधिले आफ्नो वैवाहिक वार्षिकोत्सव एनिभर्सरी  को सन्दर्भमा ‘लन्च’ का लागि कोइराला र सिंहलाई निम्तो गरेका थिए । निधिको मध्यबानेश्वरस्थित निवासमा नेतात्रयबीच पारिवारिक र राजनीतिक छलफल भइरहेको छ । निधिले आसन्न महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । देउवाले थप एक पटकका लागि सहयोग गर्न आग्रह गरे पनि निधिले आफू अघि बढिसकेको भन्दै नेविसंघको राजनीतिदेखि अहिलेसम्मको सहकार्यका कारण आफूलाई सहयोग माग्ने हक भएको बताउँदै आएका छन् ।  

जारी छलफलमा निधिले आफ्नो उम्मेदवारीबारे अवगत गराउँदै सहयोग गर्न अनुरोध समेत गरेका छन् । आजको लञ्च मिटिङमा पनि तीनैजना नेताले नेतृत्वका लागि आफ्नो दावी पेस गरेका छन् । महामन्त्री कोइरालाले १४ औं महाधिवेशनबाट नेतृत्वमा परिवर्तन ल्याउनै पर्ने भएकोले सबै पक्षसँग छलफल आवश्यक रहेकोमा जोड दिएका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत पार्टीका सिनियर नेताहरूसँग छलफल गरेर आफू अगाडि बढ्ने बताएका छन् ।  

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top