होमपेज / राजनीति
काठमाडौँ । आफ्नै नेतृत्वमा नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउने नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले बताएका छन् ।शनिबार सभापति देउवाले आफूनिकट नेताहरुसँगको कुराकानीमा उक्त कुरा बताएका हुन् ।
देउवाले शनिबार प्रदेश १ का केन्द्रीय सदस्यहरुसँग बूढानीलकण्ठमा छलफल गर्दै आफू सभापतिमा दोहोरिने बताए ।भनेकै समयमा महाधिवेशन हुन्छ । म सभापतिमा फेरि लड्छु । र, मेरै नेतृत्वमा कांग्रेसलाई देशको ठूलो पार्टी बनाउछु ।’उनले भने।
शनिबार छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ उपस्थित थिए ।