होमपेज / राजनीति
भरत बिसी, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का अध्यक्ष सुरेश मानन्धरले बाढीबाट हुनसक्ने सम्भावित जोखिमबाट जोगिन पूर्वतयारीमा रहेको बताउनुभएको छ । समसामयिक विषयमा नेपालगाथासँग कुरा गर्दै वडा अध्यक्ष मानन्धरले वीरेन्द्रनगर उपत्यकाको निकासलाई दीर्घकालिन समाधान गर्न नसक्दा वडा नं. ९ को तल्लो भाग डुबानमा पर्ने खतरा रहेको जानकारी दिनुभयो ।
विगतमा पनि पटक पटक बाढीको डुबानका कारण समस्या झेल्दै आएका वडा नं. का बासिन्दा यस पटक पनि डुबानमा परिने हो कि भन्ने डर र त्रासमा रहेका छन् । यही कुरालाई मध्यनजर गर्दै बाढीबाट हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्नका लागि पूर्व तयारीमा रहेको अध्यक्ष मानन्धरले जानकारी दिनुभयो ।
वडा कार्यालयले विपद् व्यवस्थापन समिति नै बनाएर सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा राखेको छ । यसका साथै सुरक्षाकर्मी, वीरेन्द्रनगर नगरपालिका, रेडक्रस लगायतका विभिन्न निकाय र संघसंस्थासँग समन्वय र सहकार्यका लागि तयारी गरिहेको छ । विपद् जोखिमको पूर्व तयारीका लागि के तयारी भइरहेको छ । यसै विषयमा अध्यक्ष सुरेश मानन्धरसँग गरिएको कुराकानी पूरा हेर्नका लागि यो भिडियो हेर्नुहोस् ।
(भिडियो)