ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णालीका विभिन्न सात अस्पताललाई अक्सिनज कन्स्ट्रेटर सहयोग

नेपालगाथा २०७८ असार २ गते बुधबार १९:२३:५९ मा प्रकाशित

सुर्खेत । कर्णालीका विभिन्न सात अस्पताललाई अक्सिनज कन्स्ट्रेटर सहयोग गरिएको छ । कर्णाली समाज जापान र कोरियाद्वारा बुधबार सामाजिक विकास मन्त्रालयमा आयोजित कार्यक्रममा सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीलाई कर्णाली समाज कोरियाका सल्लाहकार अध्यक्ष लक्ष्मीप्रसाद ढकाल तथा जापानका सल्लाहकार प्रेम रावलले संयूक्तरुपमा सहयोग सामग्री दिनु भएको थियो ।

कर्णाली प्रदेशबाट रोजगारी तथा अध्ययनको सिलसिलामा कोरिया र जापानमा रहेका कर्णालीवासीको संयूक्त सहयोगमा उक्त सहयोग सामग्री उपलब्ध गराइएको हो । करिब १७ लाख ५० हजार नेपाली मूल्य बराबर १० लिटर क्षमताको अक्सिजन कन्स्ट्रेटर कर्णाली प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई हस्तान्तरण गरिएको छ ।

यस्तै मिसन अस्पताल चौरजहारी रुकुमपश्चिम, जनमैत्री अस्पताल रास्कोट कालिकोट र जिल्ला अस्पताल दैलेखलाई कन्स्ट्रेटर हस्तान्तरण गरिएको हो । दोस्रो लहरको कोरोना भेरियन्टले आक्रान्त भएको कर्णालीमा संक्रमणको दर उच्च भएपछि हाल अस्पतालहरुमा अक्सिजनको अभाव छ ।

अक्सिजन नपाएर अस्पतालमा छट्पटिएका बिरामीलाई आफूहरुको सहयोगले राहत होस् भन्ने अपेक्षा लिइएको संस्थापक अध्यक्ष ढकालले बताउनुभयो । यस्तै कर्णाली समाज जापानका अध्यक्ष कृष्ण शाहीले भरपर्दो स्वास्थ्य पूर्वाधारबिना महामारीसँग लडिरहेको कर्णालीका अस्पताललाई अक्सिनज कन्स्ट्रेटर सहयोगले कोरोनासँग लड्न सहज हुने अपेक्षा गर्नुभयो ।

सहयोगका लागि प्रवासमा रहेका युवाहरुलाई धन्यवाद दिँदै मन्त्रीले विपदको बेला प्रवासबाट सहयोग गर्ने मनहरुप्रति उच्च प्रशंसा गर्नुभएको थियो । सहयोग सामग्री पत्रकार नगेन्द्र उपाध्यायको समन्वयमा वितरण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top