होमपेज / राजनीति
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वर्षातका कारण हुने विपद् व्यवस्थापनकाे लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । अविरल वर्षातका कारण हुने जाेखिम नियन्त्रणका तथा विपत व्यवस्थापनको लागि तयार रहन दिएका हुन् ।
कर्णालीका प्राय वस्तीहरु खोलाको किनार, बगर र पहाडी इलाकाका गहिरो ठाउँमा भएको भन्दै मुख्यमन्त्री शाहीले ती बस्तीका नागरिकलाई मनसुन नसकिने बेलासम्म सुरक्षित ठाउँमा बस्न आग्रह गरेका छन् । ‘नेपालको पूर्वी भागमा ठूलो क्षति भैसक्यो कर्णाली पनि उच्च जोखिममा छ’ मुख्यमन्त्री शाहीले भने, ‘सरकारले गरेको आग्रहलाई कसैले अटेर गरेमा प्रशासनलाई भनेर भए पनि सुरक्षित ठाउँमा ल्याउने तयारी सरकारले गरेको छ,।’
जोखिबाट हुने क्षति कम गर्नको लागि वडा स्तरमा स्वयमसेवक गठन गरी उनिहरुलाई तालिम प्राप्त गर्न नेपाल प्रहरीले जिम्मा लिने र उद्धारको लागि सबै तयारी अबस्थथामा रहन निर्देशन मुख्यमन्त्री शाहीले निर्देशन दिए । कर्णालीका सबै जिल्लामा जोखिममा परेका नागरिहरुको लागि उपचारको प्रवन्ध मिलाउने र घटना स्थलमा स्वास्थ्यकर्मी तत्काल पुग्ने गरी व्यवस्था मिलाउन समेत निर्देशन दिएका छन् ।
अत्यावश्यक सामान खरिद गर्नको लागि विपद कोषमा तत्काल १० करोड रुपैँया निकासा पठाउने र सडक अवरुद्ध हुने अवस्थालाई ख्याल गर्दै निश्चित क्षेत्रमा डोजर तयारी अबस्थामा राख्ने गरी काम गर्न मुख्यमन्त्री शाहीले निर्देशन दिएका हुन् ।