ट्रेण्डिङ

होमपेज / राजनीति

निर्वाचन आयोगको फैसला-दुवै पक्षको कारवाही अमान्य, पदाधिकारी यथावत

नेपालगाथा २०७८ जेठ ३० गते आइतबार २०:००:२० मा प्रकाशित

काठमाडौं निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरलाई कारबाही गरेको निर्णय अस्वीकृत गरेको छ । पार्टीमा विवाद बढेपछि उपेन्द्र यादव र महन्त ठाकुरले एक अर्कामाथि कारवाही गरेका थिए ।

दुई समुहले गरेका कारवाही कानूनसम्मत नदेखिएको आयोगको ठहर छ । आइतबार बसेको आयोगको बैठकले कानुनसम्मत नभएको भन्दै दुवै पक्षको निवेदन खारेज गर्ने निर्णय गरेको छ । 

‘एक जना अध्यक्षको हस्ताक्षरबाट राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम विवरण अद्यावधिक गरिदिन भनी जानकारी गराएको विषयलाई कानुन र दलको विधानसम्मत मान्न मिलेन,’ भन्ने आयोगको ठहर छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top