ट्रेण्डिङ

होमपेज / राजनीति

कृष्णचन्द्र क्याबिनेटको पहिलो निर्णयःपूर्वमुख्यमन्त्रीलाई सेवा-सुविधा दिन ऐन ल्याउने

नेपालगाथा २०७८ जेठ ३० गते आइतबार १४:१९:५८ मा प्रकाशित

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलकाे पहिलाे मन्त्रिपरिषद बैठकले पूर्व-मुख्यमन्त्रीको सेवा सुविधाका लागि ऐन बनाउने निर्णय गरेकाे छ ।

आइतबार बसेको बैठकले पूर्व मुख्यमन्त्रीलाई सेवासुविधा उपलब्ध गराउन ऐन बनाएर अगाडि बढ्ने निर्णय गरेको मन्त्री कुमार खड्काले जानकारी दिए । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा शनिबार गण्डकीमा नयाँ सरकार बनेको थियो । 

साथै बैठकले प्रदेश सरकारको प्रवक्तामा कुमार खड्कालाई नियुक्त गरेकाे छ । प्रदेशको स्रोत-साधान हेरेर पूर्वमुख्यमन्त्रीलाई सेवा-सुविधा तथा सम्मान प्रदान गर्नेबारे मन्त्रिपरिषदमा छलफल भएकाे प्रवक्ता खड्काले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top