ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक : पार्टीको आसन्न १४ औँ महाधिवेशनका बारेमा छलफल हुने

नेपालगाथा २०७८ जेठ ३० गते आइतबार १०:३९:५१ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले असार ३ गते बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जनाइएको छ।

उक्त बैठकमा पार्टीको आसन्न १४ औँ महाधिवेशनका बारेमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन भनिएको छ ।

यसअघि पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार बसेको पदाधिकारी बैठकले १४औँ महाधिवेशनको मिति सारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top