ट्रेण्डिङ

होमपेज / राजनीति

नीति कार्यक्रम : स्थानीयस्तरका ज्ञान, सीप तथा आधुनिक प्रविधिमा जोड

कर्णाली प्रदेश सकार

नेपालगाथा २०७८ जेठ २९ गते शनिबार १७:२७:०८ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सकारले स्थानीय ज्ञान, सीप, श्रोत, साधन तथा परम्परागत एवम् आधुनिक प्रविधि उपयोग गर्दै उत्पादन एवम् उद्यमशीलतालाई प्रर्वद्धन गरी युवाहरूलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने नीति लिएको नीति तथा कार्यक्रम प्रदेश प्रमुख कलौनीले बताए । ‘स्थानीयस्तरमै न्यूनतम रोजगारी एवम् जीविकोपार्जनका लागि मुख्यमन्त्री रोजगार कार्यक्रमलाई प्रदेश विशेष कार्यक्रमको रुपमा निरन्तरता दिइनेछ ।’

उनले भने,‘परम्परागत सीप, हस्तकला र प्रविधिलाई प्रर्वद्धन गरी युवालाई रोजगारीको अवसर सृजना गर्न ‘सीपसँगै सहयोग’ कार्यक्रम सञ्चालन गरिने छ । यसका लागि मागमा आधारित उद्यमशीलता तथा सीप विकास तालिम, पूँजी, प्रविधि र बजारीकरणमा सहयोगको व्यवस्था मिलाईनेछ ।’

निर्यातमूलक उद्योग तथा व्यवसायहरूको स्थापना, विकास, विस्तार, प्रवर्द्धन तथा रोजगारी सिर्जना गर्दै आत्मनिर्भर एवम् दिगो प्रदेश अर्थतन्त्र विकास गर्ने नीति अवलम्बन गरिनेछ नीति तथा कार्यक्रम रहेको प्रदेश प्रमुख कलौनीले बताए । ‘एक जिल्ला एक उद्योग ग्राम स्थापना’ कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

यसका लागि उपलब्ध स्थानीय कच्चा पदार्थको लगत, सम्भाव्यता तथा वातावरणीय अध्ययन र जग्गा प्राप्तिको कार्य सम्पन्न भई विस्तृत परियोजना प्रतिवेदन तयार भएका जिल्लामा उद्योग ग्रामको पूर्वाधार निर्माण गरिनेछ ।’ उनले भने,‘युवा तथा लक्षित वर्गलाई स्वदेशमै स्वरोजगार बनाउन होम स्टे सञ्चालन, औद्योगिक जनशक्ति विकास एवम् उद्योग स्थापना गर्न प्रोत्साहन गरिनेछ ।

कर्णालीको जडीबूटी, रत्नपत्थर तथा रेसादार (अल्लो, लोक्ता, बाबियो, केतुकी), देवदार तेल, झ्याउ, भोजपत्र, सुनगाभा आदि जस्ता स्थानीय कच्चा पदार्थको विकास तथा प्रवर्द्धनका लागि सार्वजनिक–निजी साझेदारीमा विषयगत वस्तु विकास केन्द्रको स्थापना गरिनेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top