होमपेज / राजनीति
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज प्रधानमन्त्री, पूर्व-प्रधानमन्त्री तथा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई छलफल सुरु भएको छ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराईलगायत सहभागी रहेको सभामुखको सचिवालयले जनाएको छ । झलनाथ खनाल भने भर्चुअल रूपमा सहभागी भएका छन् ।
दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा समसामयिक विषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको हो ।
प्रधानमन्त्री ओलीलाई आमन्त्रण गरिएको भनिए पनि बैठकबारे थाहा नभएको उनको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।