ट्रेण्डिङ

होमपेज / राजनीति

बादल पत्नी नैनकला थापा सञ्चारमन्त्री बन्दै

नेपालगाथा २०७८ जेठ २७ गते बिहीबार १२:३०:४० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रामबहादुर थापा ‘बादल’की श्रीमती नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री बनाउन लागेका छन् । बालुवाटार स्रोतका अनुसार थापा गृहमन्त्रीबाट हट्नुपर्ने अवस्था आएपछि उनकै सिफारिसमा प्रधानमन्त्री ओलीले श्रीमती थापालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री बनाउन लागेका हुन् ।

माओवादी सशस्त्र आन्दोलनमा सहयोगी भूमिकामा रहेकी नैनकलाले यसअघि राष्ट्रय महिला आयोगमा अध्यक्षको भूमिका निर्वाह गरेकी थिइन् । नेकपा (माओवादी केन्द्र) छोडेर प्रधानमन्त्री ओलीकै सरकार नछोड्न नेकपा (एमाले)तिर लागेका थापाले आफू हट्नैपर्ने अवस्थामा पनि मन्त्री पद भने घरमै राख्न सफल हुने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top