ट्रेण्डिङ

होमपेज / राजनीति

गण्डकीका मुख्यमन्त्री गुरुङले भोली विस्वासको मत लिने

नेपालगाथा २०७८ जेठ २६ गते बुधबार २१:३४:३५ मा प्रकाशित

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार लिने विश्वासको मतको विपक्षमा उभिनका लागि दलहरुले आ–आफ्ना सांसदलाई ह्रवीप जारी गरेका छन् । बुधबार गण्डकी प्रदेशसभाअन्तर्गत नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को संसदीय दलका छुट्टाछुट्टै बसेका बैठकले ह्रवीप जारी गरेका हुन् ।

यस्तैगरी नेकपा (एमाले) ले पनि विश्वासको मतको पक्षमा उभिनका लागि आफ्ना सांसदलाई ह्रवीप जारी गर्ने तयारी गरेको छ । जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि विश्वासको मतको विपक्षमा उभिनका लागि आफ्ना सांसदलाई ह्रवीप जारी गरेको छ । मुख्यमन्त्रीले बिहीबार १२ बजेपछि विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top