ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली कांग्रेस प्रदेश २ सरकारमा सहभागी हुने

३ मन्त्रीले आजै शपथ लिने

नेपालगाथा २०७८ जेठ २६ गते बुधबार १९:०६:३२ मा प्रकाशित

जनकपुरधाम ।  नेपाली कांग्रेस प्रदेश २ सरकारमा सहभागी हुने भएको छ । 

 भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय लिने गरी कांग्रेस सरकारमा जान लागेको हो ।दीय दलका नेता यादवको नेतृत्वमा प्रदेशसभा सदस्यहरू वीरेन्द्र सिंह र ओमप्रकाश शर्मालाई  सरकारमा पठाउने पक्का भएको छ ।

यादवले भौतिक पूर्वाधार तथा यातायात, सिंहले महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय र शर्माले ऊर्जा तथा खानेपानी मन्त्रालय सम्हाल्ने छन् । दलका नेता यादव धनुषा, सिंह सर्लाही र शर्मा पर्साबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् ।तीनै जना मन्त्रीले शपथग्रहण साँझ ७ : ३० बजे लिनेछन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top