ट्रेण्डिङ

होमपेज / राजनीति

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य नेताहरुलाई बोलाए छलफलमा

नेपालगाथा २०७८ जेठ २६ गते बुधबार १८:१२:१५ मा प्रकाशित

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य नेताहरुलाई छलफलमा बोलाएका छन् ।सभामुखले प्रधानमन्त्रीसहित नेताहरुलाई पत्र लेखी समसामयिक विषयमा छलफल गनुपर्ने भन्दै जेठ २८ गते संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बोलाएका हुन् ।

उनले राजनीतिक दलका प्रमुखहरु, पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेको संसद् सचिवालय स्रोतले जानकारी दियो ।सभामुखले समसामयिक विषयमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग छलफल गर्न खोजेका उनका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top